काठमाडौं। नेपालभाषाका दर्जनौं दर्जन फिल्म तथा म्युजिक भिडियोका सुपरस्टार अभिनेता रुपेन्द्र श्रेष्ठले विभिन्न नेपाली गीतहरुमा पनि अभिनय गरेर तहल्का मच्चाउने कार्य गर्दैआएका छन्। अभिनेता श्रेष्ठले नेपाली गीतका म्युजिक भिडियोमा अभिनय गरेका एक पछि अर्को भिडियो रिलिज भएपछि तहल्का मच्चाउन थालेका हुन्।

यस क्रममा पछिल्लो नेपाली आधुनिक गीत भीरको खोला रिलिज भएको छ। जुन गीतको भिडियोमा अभिनेता श्रेष्ठको गजबको लिडिङ रोल रहेको छ। यस गीतको भिडियोमा अभिनेता श्रेष्ठले आफूभित्रको अभिनय खुवीका साथमा नृत्य प्रस्तुत गरेर गीतको भिडियोलाई मज्जाको रोमान्टिक तथा रमाइलो बनाउने कार्य भएको छ।

यस गीतको भिडियोमा अभिनेता श्रेष्ठलाई अभिनयमा रष्ट्रिका शाक्य, सेवामान श्रेष्ठ र सुदिमा शाक्यले साथ दिएका छन्। रिकी शाक्यले यस भिडियोको निर्देशन गरेका हुन्। गीतमा सुजन शाक्यको गायन, रिकी शाक्यको शव्द तथा संगीत र फिरोज बज्राचार्य (ज्योति रेकर्डस) को एरेञ्ज रहेको छ। गीतको भिडियोका छायाँकन मनोज भेलेले गरेका हुन्।

https://www.youtube.com/watch?v=Gtmsxae-R3Q

प्रकाशन मिति–२०७५ साल मंसिर २५ गते मंगलवार ।