काठमाडौं। नेपालभाषामा निर्माण भएको पछिल्लो हिट चलचित्र बसन्त ऋतुको फेरि सार्वजनिक प्रदर्शन हुने भएको छ। कोभिड–१९ को महामारीको कारण थला परेको नेपाली चलचित्र उद्योगलाई गत्ति दिनका लागि चलचित्र बसन्त ऋतु प्रदर्शन गरिन लागेको हो ।

च्यारिटी–शोकै रुपमा भएपनि यही आउने मंसीर १८ गते शनिवार ललितपुरको ग्वार्को स्थित प्रसिद्ध फिल्म हल गुण सिनेमा हलमा गरिने जानकारी चलचित्र बसन्त ऋतुका निर्देशक पवन जोशीले भिजन संसार डटकमलाई दिएका छन्। निर्देशक जोशीका अनुसार, मंसीर १८ गते शनिवार पूरै दिनको तीनवटै शो चलचित्र बसन्त ऋतु हुने भएको छ।

यसअघि कीर्तिपुरको पांगास्थित कीर्तिपुर सिनेप्लेक्समा मज्जाले प्रदर्शन भैसकेको चलचित्र बसन्त ऋतु बेग्लै प्रेम कथामा आधारित गजबको चलचित्र भएको चलचित्र हेरेर फर्कनेहरुको प्रतिक्रिया रहेको छ। जसमा नेपालभाषा चलचित्रका मल्टी ट्यालेन्टेट नायिका शोभा महर्जन, अनु महर्जन, राजीव किपुका साथमा किशोर चिपालुको विशेष अभिनय रहेको छ। निर्माण धुँ देँय प्रोडक्सनको रहेको छ।

नेपालभाषाका चलचित्रहरु सिलु, राजमति पछिका विभिन्न व्यावसायिक चलचित्रहरु निर्माण भएर प्रदर्शनको आयाम राखिसकेको छ। चलचित्र बसन्त ऋतुले त्यो आयाममा फरक आयाम राख्ने नौलो कार्य गरेको छ। यस चलचित्रले चलचित्र उद्योगमा दर्जनौ प्रतिभाशाली कलाकारहरुको डेब्यु पनि भएको छ।

प्रकाशन मिति–२०७८ साल मंसीर ११ गते शनिवार ।