काठमाडौं। नेपालभाषा चलचित्रका प्रथम चलचित्र पत्रकार तथा अग्रज चलचित्र निर्देशक विजयरत्न तुलाधर अव नेपाली कांग्रेस बनेका छन्। बरिष्ठ चलचित्र अभिनेता नीर शाहको अगुवाईमा भएको पार्टी प्रवेश कार्यक्रम मार्फत नेपालभाषा चलचित्रका प्रथम चलचित्र पत्रकार तुलाधर नेपाली कांग्रेसमा प्रवेश गरेर नेपाली कांग्रेस बनेका हुन।

स्वतन्त्र चलचित्र पत्रकारिता तथा चलचित्र निर्देशनमा अग्रता दिदैआएका तुलाधर नेपाली कांग्रेस पार्टीको सदस्य तथा कार्यकर्ताको रुपमा अव चिनिएका छन्। तुलाधरसहित दर्जनौ चलचित्रकर्मीहरुले नेपाली कांग्रेसमा प्रवेश पाएका छन्।

तुलाधर सहित प्रवेश पाउनेहरुमा नेपालको पहिलो मेकअप आर्टिस्ट सन्तु तामाङ, अग्रज द्वन्द्व निर्देशक एनबी महर्जन, नेपाली चलचित्रका पहिलो महिला सम्पादक एवम् नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षासिंह राणा, नेपाल चलचित्र संघका उप–महासचिव एवं फिल्म वितरक गोपालकाजी कायस्थ, निर्माता तथा निर्माण नियन्त्रक मिलन सुवेदी, स्क्रीप्ट राइटर अभिमन्यु निरबी , चलचित्र पत्रकार संघ नेपाल उपाध्यक्ष दीपज्योति थापा, कलाकारहरु रिश्ता बस्नेत , प्रभाकर श्रेष्ठ, निर्माता र कलाकार सुनिल श्रेष्ठ, निर्देशक राजु अर्याल, कलाकार सबिन श्रेष्ठ, कलाकार दिनेश श्रेष्ठलगायत छन्।

चलचित्रकर्मीहरुलाई नेपाली कांग्रेसका सभापति देउवाले बूढानिलकण्ठस्थित देउवा निवासमा टिका, माला र पार्टी सदस्यता कार्ड दिएर पार्टी प्रवेश गराएका हुन् ।


प्रकाशन मिति–२०७७ साल फागुन २ गते आइतवार ।