काठमाडौं। नेपालका लागि अमेरिकाको राजदूतमा र्‍यान्डी बेरी नियुक्त बनेका छन्।

नवनियुक्त अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी समझ आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। विहिबार राष्ट्रपति भवन शीतल निवासमा बेरीले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।

नवनियुक्त राजदूत बेरीले यसअघि पनि नेपालमा काम गरिसकेका छन्। उनले सन् २००७ देखि २००९ सम्म दुई वर्षका लागि अमेरिकी दूतावास काठमाडौंमा डेप्युटी चिफ अफ मिसन (नियोग उप–प्रमुख) को जिम्मेवारी सम्हालेका थिए।
प्रकाशन मिति–२०७५ साल कात्तिक ८ गते विहीवार ।