काठमाडौं । नेपालीमूलका भारतीय गायक तथा भारतीय टेलिभिजन कार्यक्रम प्रस्तोता आदित्यनारायण झा पिता बनेका छन् । आदित्यकी श्रीमती श्वेता अग्रवालले छोरी जन्माएयता आदित्यनारायण पिता बनेका हुन्।

आदित्यनारायणले आफू पिता बनेपछि सामाजिक सञ्जाल मार्फत खुशी व्यक्त गर्दै संसारकै गौरबशाली पिता हुन पाएको भनेका छन्। आदित्यनारायण ख्यातिप्राप्त गायक उदित नारायण झा र गायिका दिपा झा का सुपुत्र हुन् ।

पिता बनेका आदित्यलाई प्रशंसकहरूले र अरु कलाकारहरूले बधाई दिइरहेका छन्। आदित्यनारायणकी श्रीमती श्वेताले २४ फेब्रुअरीका दिन छोरीलाई जन्म दिएकी हुन्। श्वेता गर्भवती छदाको समय देखि आदित्यनारायणले छोरी को इच्छा रहेको बताएका थिए।

आदित्यनारायणले भनेका छन्– ‘मलाइ लाग्छ छोरी बुवाको धेरै नै नजीक हुन्छन् । म धेरै खुसी छु मेरो घरमा छोरीले जन्म लिएकी छिन् । श्वेता र म बाबु आमा बनेर निकै खुशी छौँ। संसारमा सन्तान ल्याउने शक्ति एउटी महिलामा मात्र हुन्छ भन्ने मलाई विश्वास छ। श्वेता प्रति मेरो माया र सम्मान दोब्बर भएको छ’।
आदित्यनारायण र श्वेताको विवाह सन् २०२० मा भएको थियो।
प्रकाशन मिति–२०७८ साल फागुन २१ गते शनिवार ।