Sujata Koiralaकाठमाडौ। नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई ब्रेस्ट क्यान्सर भएको छ। एक राजनीतिक कार्यक्रमको सिलसिलामा मलेसिया पुगेकी कोइराला त्यहाँ अचानक विरामी परेपछि उपचारको क्रममा ब्रेस्ट क्यान्सर भएको पत्ता लागेको हो।

मलेसियाको उपचार पछि काठमाडौ फर्केकी नेतृ कोइराला मन्डिखाटार स्थित निवासमा आराम गरिरहेकी छन्। आगामी हप्तावाट केमोथेरापी शुरु गरिन लागेको कोइराला परिवारले भनेको छ। ६ पटक केमोथेरापी गरेपछि क्यान्सरको अवस्था थाहा हुने भएको चिकित्सकहरुले कोइरालालाई भनेका छन्।

Sujata Koirala.JPG

चाँडै नै उपचारको लागि सिंगापुर जाने तर्खरमा रहेकी नेतृ कोइरालाको हालसम्मको उपचार खर्चको उनको छोरीज्वाईले गरिरहेका छन्। नेपालको उपप्रधानमन्त्री समेत बनिसकेकी नेतृ कोइरालाले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई उपचार खर्च जुटाइदिन आग्रह गरिसकेकी छन्।

यसवारेमा देउवाले कुनै प्रतिक्रिया दिएका छैनन्। समाचार स्रोतका अनुसार नेतृ कोइरालाले नेपाल सरकारसंग देउवा मार्फत १ करोड नेपाली रुपैया सहयोग मागेकी छन्।
प्रकाशन मिति–२०७३ साल कात्तिक २१ गते । नेपाल संवत कछला खस्ति ।