Nepali Congress's Dreamकाठमाडौ। निर्वाचनको समयमा मतदाताहरुलाई चिल्लो तथा चाम्रो अनि मिठो सपना बाँड्ने कार्य आम नेपाली पार्टीहरुले गर्दैआएको छ। जुन कुरा यो आउने बैशाख ३१ गते हुन गैरहेको स्थानीय चुनावलाई मध्यनजर गरेर नेपालको एक नंबरमा रहेको पार्टी नेपाली कांग्रेसले सपना बाँड्ने शुरुवाती पनि एक नंबरमा नै गरेको छ।

नेपाली कांग्रेसले स्थानीय निर्वाचनको घोषणापत्र जारी गरेर १० वर्षभित्र मध्यम नेपाललाई गतिशील राष्ट्र बनाउनेसहितका महत्वकांक्षी लक्ष्य समेटिएको खुलासा गरेको छ। अर्कोतर्फ नेपाली कांग्रेसले प्रत्येक वर्ष तीनदेखि पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्यसमेत घोषणा गरेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मंगरबार दिउँसो पार्टी मुख्यालय सानेपामा सार्वजनिक गरेको ५१ पृष्ठको घोषणापत्र तीन खण्ड र १२ शीर्षकमा विभाजित छ। नेपाली कांग्रेसले विकास योजना अन्तर्गत विभिन्न चार महानगरको विकास योजनालाई प्राथमिकता दिएको छ।

कांग्रेसको घोषणापत्रमा भनिएको छ, ‘फ्लाइओभर, टनलमार्ग र आकाशेपुलको निर्माण एवम् सभाव्यस्थलमा मोनो रेलको निर्माणद्वारा जाम र भिडको व्यवस्थापनसँगै सहरी प्रदूषण नियन्त्रण गरिने छ।’ घोषणापत्रमा कांगेसको नेतृत्वमा नयाँ संविधान जारी भएकाले कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान सञ्चालन हुने कुरालाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ।
प्रकाशन मिति–२०७४ साल बैशाख १२ गते मंंगलवार ।