Modi with Prachandaकाठमाडौ। भारतको आशिर्वाद विना नेपालमा माखो पनि नमर्ने भनाई व्यापक रुपमा आइरहेको अवस्थामा हरेक कार्यमा भारतकै मुख ताक्ने गरेको पाइएको छ।

आसन्न स्थानीय निर्वाचन पनि भारतको चाहना विपरित भएमा सफल नहुने भनिरहेको अवस्थामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मंगलवार टेलिफोन गरेर नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न भारत सरकारको सहयोग रहने भनेपछि भने अव पक्का चुनाव हुने निक्र्यौल गरिएको छ।

मंगलबार नेपाली समयअनुसार दिउँसो ४ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सफलताको शुभकामना दिएका हुन्।

टेलिफोनमा समकक्षी मोदीले सबै राजनीतिक शक्तिलाई मिलाएर निर्वाचनमा जानु प्रधानमन्त्री दाहालको सफलता भएको बताउँदै निर्वाचन सम्पन्न गर्न भारत सरकारको पूर्ण सहयोग र सद्भाव रहने बचन दिएको समाचारस्रोतको दावी रहेको छ।
प्रकाशन मिति–२०७४ साल बैशाख १२ गते मंंगलवार ।