काठमाडौं। प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसलाई एकलाखलाई भेला गरेर चियापान समारोहको आयोजना गरेको छ। दशैं–तिहार तथा छठ पर्वको उपलक्ष्यमा नेपाली कांग्रेसले आफ्नो केन्द्रिय कार्यालय ललितपुरको सानेपामा शुक्रबार चियापान समारोहको आयोजना गरेको हो।

त्यस समारोहमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख आकर्षणको विषय बनेको थियो। अध्यक्ष प्रचण्डले देशमा फेरि राष्ट्रिय एकताको आवश्यकता रहेको बताएर मेलमिलापको हात बढाउने कार्य भएको छ।

सधैंजसो चश्मामा सजिएर आउने नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा यसपालि भने विना चश्मामा नै आकर्षक देखिएका थिए। प्रचण्ड र देउवाको चियापानमा देखिएको मेलमिलाप गजबै देखिएको थियो। प्रचण्डको एकताको कुरामा देउवाले समर्थन गर्दै देशमा राष्ट्रिय एकता अति आवश्यक भएको जिकिर गरे।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले वास्तविक प्रतिपक्षी सानेपामा भेटिएको भन्दै खुसी व्यक्त गरे। ‘प्रतिपक्षी खोजिराखेका थियौं आज सानेपामा भेट्यौ। खुसी लागेको छ’, खनालले भने, ‘कांग्रेस अव्यवस्थित पार्टी भन्थे, चियापानले व्यवस्थित देखायो।’

चियापानमा राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति सम्शेर राणा, राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, भारतीय राजदूत मञ्जिभसिंह पुरी लगायत कुटनीतिक नियोगका प्रतिनिधि, विभिन्न दलका नेता कार्यकर्ता र कांग्रेस नेता कायकर्ताको अलावा अपाङ मानवअधिकारकर्मी भोजराज श्रेष्ठ लगायत अधिकारकर्मीहरुको पनि विशेष उपस्थिति रहेको थियो।
प्रकाशन मिति–२०७५ साल कात्तिक १६ गते शुक्रबार ।