Nepali Congress with CPN UMLकाठमाडौ। नेपाली काँग्रेसले संविधान संशोधन विधेयक पारितका लागि सहयोग गर्न गरेको आग्रहलाई नेकपा एमालेले अस्वीकार गरेको छ।

शनिवार भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको काँग्रेस र एमालेको शीर्ष नेताको भेटवार्ताका क्रममा संविधान संशोधनमा एमालेले सहयोग गर्न नसक्ने बताएको हो।

छलफलका लागि सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका थिए।

भेटमा देउवाले ओलीलाई मधेसवादी दललाई चुनावमा ल्याउनका लागि संविधान संशोधन आवश्यक रहेको बताउँदै यसमा सहयोग गर्न आग्रह गरेका थिए।

त्यसको जवाफमा ओलीले संविधान संशोधन प्रतिगामी र जनविरोधी भएको भन्दै सहयोग गर्न नसक्ने बरु संशोधन प्रस्तावलाई कुनै हालतमा असफल बनाउने बताएका छन्।
प्रकाशन मिति–२०७४ साल बैशाख १६ गते शनिवार ।