Sunil Lama In Nepali Congress 6

Sunil Lama In Nepali Congress 1काठमाडौ। नेपाली कांग्रेसको काभ्रे जिल्ला स्थित ठूलो पर्सेल गाविस इकाई कमिटीमा विभिन्न दल तथा पार्टीका १ सय भन्दा बढी कार्यकर्ताले दल त्याग गरेर प्रवेश गरेका छन्। त्यसरी विभिन्न दल तथा पार्टी परित्याग गरेर नेपाली कांग्रेसको आदर्श र भावना तथा सिद्धान्तलाई आत्मसाथ गरेर कांग्रेसमा प्रवेश गर्नेहरुलाई नेपाली कांग्रेस ठूलो पर्सेल गाविस इकाईले काठमाडौमा आयोजना गरिएको कार्यक्रममा स्वागत गरिएको हो।

Sunil Lama In Nepali Congress 2

नेपाली कांग्रेसवाट काभ्रेको क्षेत्र नंवर १ वाट विजयी सांंसद तथा नेपाली कांग्रेस संसदीय दलको कार्य समिति सदस्य तीर्थ वहादुर लामाको प्रमुख आतिथ्यमा भएको उक्त स्वागत कार्यक्रममा विभिन्न दल परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुलाई सांसद लामाले सक्रिय सदस्यता, खादा तथा टीका लगाइदिएर स्वागत गरेका थिए। नेपाली कांग्रेस ठूलो पर्सेल इकाई कमिटीका सभापति विकुलाल तामाङ्गले नेपाली कांग्रेसमा प्रवेश गर्ने ठूलो पर्सेलका एमाले तथा एमाओवादीका कार्यकर्ताहरु नै बढी भएको बताए।

Sunil Lama In Nepali Congress 4

जुनसुकै पार्टी परित्याग गरेर नेपाली कांग्रेसको गरिमामय इतिहासलाई आत्मसाथ गरेर प्रवेश गर्ने सवैलाई गोलबद्ध भएर कार्य गर्न नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य गायक सुनिल लामाले आग्रह गरेका छन्। गायक लामाले नव–प्रवेशी सवैलाई एक भएर पुराना कुरा सवै विर्सेर नेपाली कांग्रेस भएर मुलुकको सेवा गर्ने कार्यमा प्रतिवद्ध हुन आवश्यकता भएको कुरामा जोड दिए। एक दशकयता नेपाली गीत गायन तथा संगीत क्षेत्रमा लागेर नेपाली सांगीतिक श्रीबृद्धिमा लागेका गायक लामा नेपाली कांग्रेसमा आवद्ध भएर जिल्ला कार्य समिति सदस्यमा हालै निर्वाचित बनेका हुन। गायनको अलावा राजनीतिमा पनि सक्रिय भएर लाग्ने बताउने लामाको अलावा विकास लामा र सलामसिंह तामाङ्गको पहलमा आइतवार काठमाडौमा नेपाली कांग्रेस प्रवेश कार्यक्रम भएको हो।

Sunil Lama In Nepali Congress 5

कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य सलामसिंह तामाङ्ग, भीमवहादुर लामा, जिल्ला कार्य समिति सदस्य जोगलाल लामाको अलावा महाधिवेशन प्रतिनिधि गुमानसिंह लामा, चन्द्र लामा, दलवहादुर लामा, प्रेमवहादुर तामाङ्ग तथा समाजसेवी विकास लामा लगायतको उपस्थिति रहेको थियो।


प्रकाशन मिति–२०७२ साल चैत्र २८ गते आइतवार ।