काठमाडौ। नेपालको संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधिशमा सुशीला कार्कीलाई सिफारिस गरेको छ। परिषदको आइतवार बसेको बैठकले सर्वोच्च अदालतका बरिष्ठ न्यायाधिश कार्कीलाई प्रधानन्यायाधिशमा सिफारिस गरेको हो। अव सर्वोच्च अदालतमा संभवत पहिलो महिला प्रधानन्यायाधिश बन्ने सौभाग्य कार्कीले पाउने भएको छ।

Sushila-Karki

वि.सं. २००९ साल जेठ २५ गते विराटनगरमा जन्मेकी कार्की नेपाली कांग्रेसका त्यागी नेता दुर्गा सुवेदीकी पत्नी हुन्। काठमाडौ धापासीमा बसोबास गर्ने कार्कीको जीवनशैली सामान्य छ। २० बर्षको उमेरमा विराटनगरकै महेन्द्र मोरंग कलेजवाट बीए र त्यसको तीन बर्षपछि भारतको बनारस हिन्दू विश्वविद्यालयवाट राजनीतिशास्त्रमा एमए उत्तिर्ण गरेपछि कार्कीले बल्ल २६ बर्षको उमेरमा त्रिभुवन विश्वविद्यालयवाट कानूनमा स्नातक अर्थात बीएल गरेकी थिइन्।

बीएल उत्तिर्ण गरेपछि वि.सं.२०३५ साल चैत्र २६ गतेदेखि अधिवक्ताको रुपमा कार्कीले करियर शुरु गरेकी थिइन्। वि.सं.२०६७ साल माघ ९ गतेवाट सर्वोच्च अदालतको स्थायी न्यायाधिशको रुपमा कार्यरत उनी बरिष्ठ न्यायाधिश बन्दै रोलक्रममा प्रधानन्यायाधिशमा सिफारिस भएकी छन्। अवको केही सातामा उनी सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधिश बनेर कार्य गर्नेछिन्।
प्रकाशन मिति–२०७२ साल चैत्र २८ गते आइतवार ।