Late Vetran Lyirisist of Nepali Film Industry-Kusum Gajmer.
Late Kusum Gajmer.

काठमाडौ। भुलिगए सम्झनालाई कुसुमे रुमाल
याद भए मायालु अर्को साल मात्र होइन, मोहनी लाग्ला है गाउँलेको बोलीले जस्ता बहुचर्चित गीत लेख्ने गीतकार कुसुम गजमेरको ७२ बर्षको उमेरमा दुःखद निधन भएको छ। कलेजोसम्बन्धी रोगको उपचारको क्रममा नै भारतको मुम्वईमा विहीवार विहान निधन भएको हो।

कुसुमे रुमाल, लाहुरे, चिनो, वाँसुरी, दुइथोपा आँशु, अपराध, दक्षिणा, दर्पण(छाँया आदि अत्यन्तै लोकप्रिय नेपाली चलचित्रहरुमा गीत लेखेकी कुसुम गजमेरको भारतको दार्जिलिङमा विसं २००२ असोज १७ गते जन्मेकी थिइन्।

कुसुमका कलमवाट सिर्जित पिरतीको मिठो तिर्सना, सपना सपना मेरो नाउँ सपना,यो बाटो कहाँ जाने हो,साउने झरीमा, तिम्रो मनमा लुकेको कुरा, यो मुटुलाई (नारायण गोपाल), भनीदेउ आज के छ मनमा,लैबरी मेरो मायालु,के सोचें मैंले के भयो ऐले, गहिरो गहिरो सागर जस्तै, पिरती आफै हुँदो रैछ, किन बढ्दै छ ढुक ढुकी मुटुको, पहाडको माथि माथी घुम्दै उडेर जस्ता सयौं चलचित्रका गीतहरु अत्यन्त चर्चित छन्।

Late Kusum Gajmer with Vetran Musician Ranjit Gajmer.
Late Kusum Gajmer with Vetran Musician Ranjit Gajmer.

ती गीतहरु नेपाली संगीत आकाशमा कालजयी गीतका रुपमा पनि रहेका छन्। नेपाली चलचित्रको गीति लेखनमा अमूल्य योगदान दिएकी गीतकार कुसुम प्रसिद्ध सङ्गीतकार रन्जित गजमेरकी पत्नी हुन्। ख्यातिप्राप्त चलचित्र निर्देशक तुलसी घिमिरेको सासुआमा तथा अभिनेत्री भारती घिमिरेकी आमा हुन्।

गीतकारकारुपमा नेपाली सिनेमा र सङ्गीत क्षेत्रसँग जोडिएकी कुसुमका शब्दमा आशा भोसले, नारायणगोपाल, उदित नारायण झा, दीपा झालगायतका चर्चित गायक गायिकाले स्वर दिएका छन्।
प्रकाशन मिति–२०७४ साल जेष्ठ १८ गते विहीवार ।