काठमाडौं। नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालले नेपाली चलचित्र उद्योगका १ सय १३ प्राविधिकलाई आर्थिक सहयोग गरेका छन्। महानायक हमालले हरेक प्राविधिकलाई जनही पाँच हजारका दरले ५ लाख ६५ हजार आर्थिक सहयोग गरेको हो।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाको संयोजकत्वमा आयोजित कार्यक्रममा महानायक हमाल डिल्लीवजार स्थित विजय स्मारक माध्यमिक विद्यालयको प्रांगणमा शनिवार पुगेर उक्त आर्थिक सहयोग वितरण गरेका हुन। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण नेपाली चलचित्र उद्योगका प्राविधिकहरुलाई परेको मर्का तथा समस्यालाई मध्यनजर गरेर आफूले सक्दो सहयोग गरेको महानायक हमालले वताएका छन्।

यसैबीच आर्थिक चपेटामा परेका प्राविधिकलाई कलाकारहरु पल शाह (५ लाख २ हजार), वर्षा राउत (५१ हजार), नीता ढुङ्गाना (३० हजार), जोस्ना फूयाँलले (२५ हजार), गरिमा पन्त (३४ हजार), निर्देशक नरेश पौडेल (२५ हजार)ले आर्थिक रकम बराबरको खाद्यान्न सहयोग गरेको पनि प्राविधिक संघले जनाएको छ।
प्रकाशन मिति–२०७७ साल असोज ४ गते आइतवार ।