काठमाडौ। काठमाडौ उपत्यकाका पुरातन संस्कृति र धरोहरलाई निमित्यान्न पार्ने उदेश्यले जथाभावी रुपमा गरिदैआएको सडक विस्तार कार्यक्रमको खवरदारी नेपाल संवत नयाँ बर्ष ११३८ को शुभकामना कार्यक्रमहरुमा देखिएको छ। सेतो टिसर्टमा खबरदार सेभ द नेपाल भ्याली अंकित क्याम्पियन नै देखिएको छ।

Nepal Era 1138 8

नगद ३ सय रुपैया तिरेरै भएपनि उक्त टिसर्ट लाएर शुभकामना र्यालीमा देखिने तन्नेरी जमातको अलावा बाल तथा बृद्धसम्म देखिएका छन्। काठमाडौ उपत्यकाको परमम्परागत मौलिक कला तथा संस्कृति जस्ता अलौकिक धरोहरुलाई ध्यंस्त बनाउने सरकारको नीति तथा योजना विरुद्ध आफूहरु नयाँ बर्षको दिन खबरदारी टिसर्ट लाएर खबरदारी गरेको जानकारी नेपालका दोश्रो नारायण गोपाल नै उपनाम पाएका गायक गौतमदास मानन्धरले भनेका छन्।

Nepal Era 1138 7

गायक मानन्धरका अनुसार,एकातिर केही बर्षदेखि काठमाडौ उपत्यकाका सार्बजनिक ठाउंहरुको अतिक्रमण बढ्दो छ । कुनै पनि खुल्ला जमीन मठ–मन्दीर , नदी–खोला किनार मिचेर , मिलेर मिच्ने , आफ्नो नाममा ल्याउने कार्य भइरहेको छ।

त्यसको खबरदारी गर्नु र गरिनु आवश्यक छ। अर्कोतिर हजार बर्ष अघिदेखिका बाटो बढाउनेका नाममा बाटो छेउका घरहरु भत्काउन सरकारमै रहेका भूमाफियाहरु लागिपरेका छन । बाटो बढाउने जमीन र घरको मुआब्जा नदिने डोजर आतंक चलेको छ। लाखौंमा मानिसहरु घरबारबिहीनवबनाउने सुनियोजित योजना देखिएको छ।

Nepal Era 1138 6

यो डोजर आतंकको बिरुद्ध सम्मानित अदालतले मुआब्जा र क्षतिपूर्ति नदिइ घर नभत्काउने आदेश दिइनु कति उपयुक्त र अनुपयुक्त भन्ने बहस नै हुनु पर्दछ भन्ने देखिएको छ। कुनै पनि बेला कुनै पनि नियम बनाएर तपार्इको घर भत्काउन , सम्पदा ध्वस्त बनाउन , हाम्रो टोलको जमीन निजी बनाउन आउन सक्छ र त्यसका लागि प्रतिरोध गर्न तयार भएर बस्नका लागि पनि खबरदारी आवश्यक भएकोले यसप्रकारको अभियान चलाइएको अभियानकर्ताहरुले भनेका छन्।
प्रकाशन मिति–२०७४ साल कात्तिक ३ गते शुक्रबार ।