काठमाडौं। नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले रोमान्टिक म्युजिक भिडियो सहितको नयाँ गीत सार्वजनिक गरेको छ। व्याण्डले अंग्रेजी नयाँ वर्ष २०२१ का अवसरमा निराकार बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेको हो। गीतको बोल नै निश्चल निराकार मन मेरो कहिले दौडन्छ कहिले थामिन्छ, हर स्थिरतामा गतिशीलतामा हरक्षण हरपल हरक्षण आभास तिम्रै रहेको छ।

अमेरिकाका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको म्युजिक भिडियोमा ब्राजिलका क्रसफिट ट्रेनर किको नासिमान्टो र सान फ्रान्सिस्कोमा बस्दै आएकी भारतिय व्यावसायिक मोडल शालिनी श्रीवास्तवको गरमागर्मी अभिनय रहेको छ। सान फ्रान्सिस्कोमा बस्दै आएका नेपाली निर्देशक सुरज शाहको निर्देशन छ। संगीत, संगीत संयोजन, मिक्सिङ र भोकल द भाईब्ज व्याण्डको रहेको गीतमा गीत
रचना अर्चना श्रेष्ठ, बांसुरी मनोज सिंह, अतिरिक्त गितारवादन, दीपेन्द्र
राई, छायांकन निर्देशन, ड्रोन र कलर विनोद केसी र अमित गुरुङ तथा सह
निर्देशन मनोज केसी र रोहित क्षत्रीको रहेको छ।

द भाइब्ज व्याण्डले यसअघि तिमी बोलको गीत सार्वजनिक गरेको थियो। द भाइव्ज व्याण्ड संगीत क्षेत्रमा केही गर्ने उच्च महत्वकांक्षाका साथ मूख्यतया ३ उत्साहि युवाले गठन गरेका थिए। व्याण्डमा दिरेकललाल श्रेष्ठ ड्रमर, प्रइन सिंह भोकलिष्ट र रुपक लामा गितारिष्ट रहेका छन्।

 

प्रकाशन मिति–२०७७ साल पुस १८ गते शनिवार ।