काठमाडौं। नेपाली चलचित्र क्षेत्रका अब्बल दुई नायिका रेजिना उप्रेती र विमला केसीको आयोजनामा बर्षेनी गर्दैआएको राष्ट्रिय नवदुर्गा सम्मान हुने भएको छ। वडादशैंको पहिलो दिन घटस्थापनाको दिन दुवै नायिकाले नवदुर्गा सम्मान यो बर्ष पनि प्रदान गरिन लागेको हो।

तेश्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९ नाम दिएको यो बर्ष नवदुर्गा सम्मान घटस्थापनाको दिन असोज १० गते सोमवार अपरान्ह २ बजेपछि चलचित्र विकास वोर्ड चावहिलमा हुने दुवै नायिकाले जनाएका छन्।

नेपाली चलचित्र क्षेत्रमा पुर्याएको अतुलनिय योगदानको कदर स्वरुप रेजिना इन्टरटेनमेन्ट र शहीद फिल्म्सले संयुक्त रुपमा अभिनेत्रीहरु भारती घिमिरे, झरना थापा, स्वेता खड्का, ऋचा शर्मा, मेनका प्रधान, प्रियंका कार्की, पूजा शर्मा, शिल्पा पोखरेल र सुहाना थापालाई सम्मान गर्न लागेको हो ।
प्रकाशन मिति–२०७९ साल असोज ९ गते आइतवार ।