काठमाडौं। नेपाली तथा नेपालभाषा चलचित्र उद्योगमा पचास बर्षदेखि निरन्तर योगदान दिदैआएका अग्रज अभिनेता तथा निर्देशक पवन जोशी विगत दुई बर्षयता म्युजिक भिडियो निर्देशनमा व्यस्त बन्दैआएका छन्। अरु लकडाउनका कारण चुप बस्नुपरेको समयमा पनि अग्रज अभिनेता जोशीको व्यस्तता अझ बढी बढे्का हुन्।

उनै निर्देशक जोशी एक पछि अर्को हुने गरेका विभिन्न अवार्ड कार्यक्रमहरुमा उत्कृष्ठताको अग्रतामा देखिदैआएका छन्। यसक्रममा यो बर्ष भव्य तथा सभ्य रुपमा हुन गैरहेको राष्ट्रिय समावेशी म्युजिक अवार्ड–२०२२ मा पनि नेपालभाषाको समावेशी विधावाट उत्कृष्ट गीतकारमा नोमिनेसनमा परेका छन्। फ्रेमभित्रको मान्छे वोलको नेपालभाषाको गीतकारका रुपमा जोशी उत्कृष्ट गीतकार विधामा नोमिनेसनमा परेका हुन्।

गीत लेखनमा पनि अग्रता कायम गर्दैआएका अभिनेता तथा निर्देशक जोशी नोमिनेसनमा मात्र पर्नुपनि अवार्ड पाएको बराबर हुने गरेको तर्क राख्छन्। अवार्ड पाउनु या नपाउनु भन्ने विषय एक ठाउंमा भएतापनि नोमिनेसनमा पर्नुभनेको उत्कृष्ट मूल्यांकनको आधार भएको निर्देशक जोशीले दावी नै गरेका छन्।

जोशीसंगै नेपालभाषा म्युजिकमा उत्कृष्ट महिला मोडलमा रुक्साना महर्जन र अनु महर्जन तथा उत्कृष्ट पुरुष मोडलमा रोशन शाक्य लगायत नोमिनेसनमा परेका छन्।

प्रकाशन मिति–२०७८ साल चैत ८ गते मंगलवार ।