काठमाडौ। कुनैबेला स्वर्गवासी नायक श्रीकृष्ण श्रेष्ठसंग तुलना गरिएका पटवारीलाल फोटोग्राफर उपमा पाएका फोटोग्राफर नविन के श्रेष्ठ हुन्। जसको फोटोग्राफीमा एक से एक नायक–नायिका देखि विभिन्न सामाजिक व्यक्ति–विशेष पनि अट्ने गरेका छन्।

Mr.Nabin K Shrestha with his own brother Sabin Shrestha (Hero of Nepali film)

मायाले नविनलाई सवैले पटवारीलाल भनेतापनि उनी एक जमानामा कुनै हिरो भन्दा कम थिएन। एकताका निक्कै चर्चामा आएका नेपाली फिल्मका हिरो सविन श्रेष्ठ यिनै फोटोग्राफरका साख्यै भाइ हुन्।

भाइलाई हिरो बनाउन अनेक प्रयास गर्नुको अलावा भाइको फोटो विभिन्न मोडलसंग फोटोसुट गराएर चर्चामा ल्याएर निर्माता तथा निर्देशकको नजरमा पुर्याउने कार्य गर्नमा पनि कुनै कसर नराख्ने यी फोटोग्राफर पटवारीको सपना त्यो बेला पूरा भयो।

जव उनको भाइ सविन नेपाली फिल्मको हिरो भयो। दर्जनौ फिल्ममा भाइ हिरो बन्दा पनि आफू सधै ल्यामलाइटमा बस्न रुचाउने यी पटवारीले दर्जनौ दर्जन गीतका भिडियो निर्माण गरिसकेका छन्। कयन भिडियोको निर्देशन उनी आफैले गरेका छन्।

सयौलाई मोडल तथा कलाकार बनाउन सफल पटवारीलाल नविनको मेहनत नै उनको कमाई हो। त्यो कमाईमा सदा रम्दैआएका उनी आफूलाई कहिले पनि घमण्डी भन्न रुचाउंदैन। चुपचाप आफ्नै कर्म तथा कमाईमा रम्दैआएका उनले दुई सटमुवी पनि निर्माण तथा निर्देशन गरिसकेका छन्।

मौका तथा अवसर मिलेमा फिल्म पनि निर्देशन गर्ने भिजन तथा मिसन रहेको समेत उनले भनेका छन्। हाल विशेषत विवाहको भिडियोग्राफी तथा फोटोग्राफीमा रम्दैगरेका उनको आफ्नै मेरो किपा स्टुडियो रहेको छ।

काठमाडौको डल्लु चागलस्थित निवासमा रहेको स्टुडियोमा रम्दैगरेका उनी आफ्नो लाइफ नै फोटोग्राफीको लागि समर्पित रहेको भन्छन्। फोटोग्राफीमा नै संसार भएकोले यसवाट आफू कहिलेपनि टाढा जान नसक्ने सुनाउंछन्।


प्रकाशन मिति–२०७४ साल पुष २० गते विहीवार ।