Biraj Bhatta with Nisha Adhikari.jpgकाठमाडौ। विगत ६ बर्षदेखि नेपाली चलचित्रवाट अलग बनेर भोजपुरी फिल्ममा व्यस्त बनिरहेका त्यो बेलाका हिट हिरो विराज भट्टको कमव्याँक भएको छ। सोमवार शुभमुहर्त भएको चलचित्र परशुरामवाट नायक भट्टको कमव्याँक बनेका हुन्।

६ बर्षको अवधिमा धेरैपल्ट नेपाली चलचित्रमा अभिनय गर्ने प्रयास भएपनि भोजपुरी फिल्ममा महंगो दररेटमा काम गरिरहेकोले पक्कैपनि सस्तोमा नेपाली चलचित्र खेल्दैन भन्ने कतिपय चलचित्र निर्माता तथा निर्देशकको भ्रमले कमव्याँक हुन ढिलाई भएको नायक भट्टको भनाई रहेको छ।

Nisha Adhikari Hot Red

चलचित्र निर्माता रोज राणाको निर्देशन बन्न लागेको चलचित्र परशुराममा नायक भट्ट परशुरामको लिड रोलमा रहेको छ। परशुराम बन्न लागेका नायक भट्टको राधाको रोलमा नायिका निशा अधिकारीले अभिनय गर्ने भएकी छन्।

६ बर्षअगाडि नै नायिका अधिकारीको चलचित्र नैनारेशममा नायक भट्टसंग अभिनय गरेका थिएन।

नायिका अधिकारीको अभिनयको पहिलो चलचित्र नैनारेशमका नायक भट्टसंग त्यो बेला काम गर्दा कच्चाभएपनि हाल पक्का भैसकेको र भट्टलाई टक्कर दिने हैसियतको भैसकेको भनेकी छन्।

चलचित्र परशुराममा नायक भट्ट र नायिका अधिकारीको अलावा रविन तामाङ्ग, देशभक्त खनाल, ध्रुव कोइराला, सुन्दर श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहने भएको छ।

प्रकाशन मिति–२०७२ साल चैत्र १ गते सोमवार ।