ललितपुर । कोरोनाको कहरवीच शुरु भएको कक्षा १२ को परीक्षा शुरु भएयता स्वास्थ्य मापदण्ड पालना गरेको छ या छैन भन्ने विषयमा अनुगमन गर्ने कार्यमा स्थानीय जनप्रतिनिधिहरुका व्यस्तता देखिएको छ। यस क्रममा ललितपुर महानगरपालिका वडा नंबर ५ का जनप्रेमी तथा लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको व्यस्तता अग्रपंक्तिमा देखिएको छ।

वडा अध्यक्ष श्रेष्ठवाट परीक्षा शुरु भएको दिनदेखि वडाभित्र संचालित प्लस टु कलेजका परीक्षा केन्द्रहरुमा अनुगमन गर्ने कार्य भैरहेको छ। वडा अध्यक्ष श्रेष्ठको वडाको टीमसहित तथा व्यक्तिगत रुपमा छड्के अनुगमन गर्ने कार्यमा वडा अध्यक्ष श्रेष्ठको व्यस्तता दैनिक रुपमा देखिएको छ। परीक्षा अवधिभर आफ्नो यसरी नै अनुगमन कार्यमा लाग्ने जानकारी पनि वडा अध्यक्ष श्रेष्ठले दिएका छन्।

ललितपुर महानगरपालिका वडा नंबर ५ भित्र संचालित प्रसादी एकेडेमी, आदर्श विद्या मन्दिर, ग्लोबल कलेज,अक्सब्रिज कलेज, ओमेगा कलेज, व्युबर्ड कलेज, युनाइटेड कलेज, पिनाकल, एडभान्स एकेडेमीलगायतमा छन्। ती कलेजमा सुरक्षा सतर्कताका विधिहरु अपनाइएको वडा अध्यक्ष श्रेष्ठले भिजन संसार डटकमलाई वताएका छन्।


प्रकाशन मिति–२०७७ साल मंसीर १३ गते शनिवार ।