ललितपुर। कोरोनाको महामारीको कारण विगत आठ महिनादेखि बन्द भएको विद्यालय संचालन गर्ने जिम्मेवारी स्थानीय निकायलाई सरकारले दिएपछि त्यसको पहल हुन थालेको छ। त्यो पहल ललितपुर जिल्ला स्थित गोदावरी नगरपालिकाले आँटपूर्वक काठमाडौं उपत्यकामा पहिलो पल्ट पहल गरेको हो।

सोही अनुरुप ललितपुरको गोदावरी नगरपालिकाका विद्यालयहरु अव सञ्चालनमा आउने भएका छन् । विद्यालय संचालनका सम्बन्धमा गोदावरी नगरपालिकाले सूचना प्रकाशित गरेको छ। मंसिर २० गतेबाट विद्यालय सञ्चालनमा ल्याउन आह्वान गरेसँगै यस नगर क्षेत्रका स्कूलहरु सञ्चालनमा आउने भएको हो।

यता काठमाडौं महानगरपालिका भने, हेर र पखाईमा बसेका छन्। काठमाडौं महानगरपालिकाले विद्यालय सञ्चालन गर्ने या नगर्ने संवन्धमा तुरुन्तै निर्णय नगरिएको काठमाडौं महानगरपालिका शिक्षा विभागले जनाएको छ। कोरोनाको जोखिम महानगरपालिकाको रुपमा काठमाडौं महानगरपालिका देखिएको कारण तुरुन्तै विद्यालय सञ्चालन गर्न प्राविधिक समस्याहरु रहेको वताइएको छ।

केही समय बैकल्पिक अनलाइन प्रविधिवाटै विद्यालय सञ्चालन गर्ने र त्यसपछि बस्तुगत रुपमा विद्यालय सञ्चालन गर्ने प्रकृयामा महानगरपालिका लाग्ने भनिएको छ।


प्रकाशन मिति–२०७७ साल मंसीर १३ गते शनिवार ।