Pakistani Model Kim Kadarsinकाठमाडौ। पाकिस्तानमा किम कादर्सिनको रूपमा ख्याति कमाएकी मोडेल कंदिल बलोचको मुल्तानको पञ्जाप प्रोभिन्समा गोली हानी हत्या गरिएको छ। प्रहरीका अनुसार शुक्रबार राति कंदिललाई  ३० वर्षीय वासिम बलोचले हत्या गरेका हुन्।

पछिल्लो समय सामाजिक सञ्जालमा निकै छाएकी २६ वर्षीया बंदिलको परिवारले उनलाई मोडङि छोड्न दबाब दिए पनि उनले बेवास्ता गर्दै आएकी थिइन्। मोडलिङमात्रै होइन, कंदिलको विवाहलाई लिएर पनि उनको परिवार सन्तुष्ट थिएन । उनले दुईवटा विवाह गरिसकेकी थिइन्।

प्रायः क्रिकेटरसँग जोडिएर उनी बारम्बार विवादमा आइरहने गर्थिन् । भारतीय क्रिकेटर विराट कोहलीलाई उनले खुलेआम प्रस्ताव राख्दै आएकी थिइन्। एजेन्सी
प्रकाशन मिति–२०७३ साल साउन २ गते आइतवार ।