काठमाडौँ। गायक पारस नेपालले गाएको गीत सार्वजनिक भएको छ। कस्तो हुन्थ्यो कस्तो हुन्थ्यो बोलको गीतकोे म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको हो।

नेपालका राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको गीत हो यो। र यस गीतलाई संगीतकार जुगल डंगोलले संगीतबद्ध गरेका हुन्। उक्त गीत पारसको पछिल्लो एल्बम ‘धरोहर’ मा समेटिएको छ।

चर्चित चलचित्र पत्रकार डब्बु क्षत्रीले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोमा वरिष्ठ रंगकर्मी अभिनेता वीरेन्द्र हमाल, राहुल श्रेष्ठ र सबिना कार्कीले अभिनय गरेका छन् ।
प्रकाशन मिति–२०७५ साल साउन २२ गते मंगलवार ।