काठमाडौ। नेपालकी चर्चित अभिनेत्री रेखा थापा विधिवत रुपमा पूर्वपंचहरुको शक्तिशाली पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छन्। सोमवार काठमाडौको नयाँ बानेश्वर स्थित इन्दे्रणी फुडल्याण्डमा आयोजित कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अविर र फूलमाला लगाइदिएर विधिवत रुपमा प्रवेश गराएका हुन्।

rekha-thapa-in-raprapa-1राप्रपा प्रवेशको लगतै अभिनेत्री थापाले नेपालको राष्ट्रिय झण्डा र राप्रपाको झण्डा ओढे्र मर्ने आफ्नो चाहना भएको बताएकी छन्। दोश्रो संविधान सभाको बेला पुष्पकमल दाहाल नेतृत्वको माओवादीमा प्रवेश गरिएको भनिएकी अभिनेत्री थापाले जनलहरको बेलामा माओवादी पार्टीलाई साथ दिएतापनि माओवादी पार्टीको सदस्यता नलिएको खुलासा गरेकी छन्।

यसकारण आफू माओवादी नभएको र सच्चा राष्ट्रवादी भएको तथा आफू हिन्दूवादी नारी भएकोले आफ्नो विचार मिलेको हिन्दू धर्मको हिमायती पार्टी राप्रपा मात्र भएकोले यस पार्टीमा प्रवेश गरेको भनेकी छन्। पार्टीको सदस्यता लिएर पार्टी प्रवेश गरेको पहिलो तथा अन्तिम पार्टी नै राप्रपा भएको जिकिर गर्ने राप्रपामा सधै रहने प्रतिवद्धता समेत व्यक्त गरेकी छन्।

राप्रपामा विधिवत रुपमा प्रवेश पछि राप्रपाका अध्यक्ष कमल थापासँग अभिनेत्री रेखा थापाको क्लिक !
राप्रपामा विधिवत रुपमा प्रवेश पछि राप्रपाका अध्यक्ष कमल थापासँग अभिनेत्री रेखा थापाको क्लिक !

अभिनेत्री थापा राप्रपामा प्रवेश एकदिन अघि मात्र चर्चित लोकदोहरी गायिका कोमल ओलीले पनि विधिवत रुपमा राप्रपामा प्रवेश गरेकी थिइन्। कोमल ओली राप्रपामा प्रवेश गर्दा कसैले पनि आश्चर्य मानेको पाइएन। कोमल ओली पहिलादेखि राजावादी तथा पूर्वपंचहरुको शक्तिशाली पार्टी समर्थित गायिका भनेर चिनिएकोले उनको राप्रपा प्रवेशलाई कुनै नौलो समाचारका रुपमा कसैले लिइएको पाइएृन। अभिनेत्री रेखा थापाको राप्रपा प्रवेशलाई भने सवैले अनौठो र आश्चर्यको रुपमा लिएका छन्।

कुनैबेला माओवादी अध्यक्ष प्रचण्डसंग माओवादी पार्टीमा स्वागत र प्रवेश गर्दाको अवसरमा खिचिएको रेखा थापाको यो तस्बीर आफै बोल्छ !
कुनैबेला माओवादी अध्यक्ष प्रचण्डसंग माओवादी पार्टीमा स्वागत र प्रवेश गर्दाको अवसरमा खिचिएको रेखा थापाको यो तस्बीर आफै बोल्छ !

कुनैबेला बर्तमान सत्तासिन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको माओवादीमा दाहालसँग कुममा कुम जोडेर नाँच्ने र नचाउने तथा माओवादी कलाकारका रुपमा चिनिएकी थापाले एकाएक पार्टी परिवर्तन गर्नुको पछाडिको रहस्य केवल धर्म मात्र हो त भन्नेहरु पनि पाइएको छ। धर्मको कारण राप्रपामा प्रवेश गर्नु हो या कुनै ठूलो स्वार्थसिद्धका लागि प्रवेश गरेका हुन भनेर व्यापक क्रिया प्रतिक्रिया दिनेहरुको लर्को नै देखिएको छ।

प्रचण्डसँग कुममा कुम जोडेर प्रचण्डसँग नाँच्ने र प्रचण्डलाई नचाएको रेखा थापाको यो तस्वीरले रेखा थापालाई नै यतिखेर प्रश्न गरिरहेको छ–पार्टी परिवर्तन के र कसका लागि हो ?
प्रचण्डसँग कुममा कुम जोडेर प्रचण्डसँग नाँच्ने र प्रचण्डलाई नचाएको रेखा थापाको यो तस्वीरले रेखा थापालाई नै यतिखेर प्रश्न गरिरहेको छ–पार्टी परिवर्तन के र कसका लागि हो ?

नेकपा माओवादी केन्द्रसंग निकट बनेर माओवादी राजनीतिमा सक्रिय बरिष्ठ कलाकार युवराज लामाले यसलाई अभिनेत्री रेखा थापाको नितान्त व्यक्तिगत निर्णय हो भनेर भनेका छन्। अर्का चर्चित कलाकार दीपकराज गिरीले पार्टीमा प्रवेश गर्ने भन्दा टिकिरहनेको महत्व हुने प्रतिक्रिया दिएका छन्। बरिष्ठ पत्रकार किशोर श्रेष्ठले फिल्मी भाषामा कथाले मागेपछि माओवादी छाडेर रेखा थापाले राप्रपातिर लागेको दर्रो झटारो हानेका छन्।

प्रकाशन मिति–२०७३ साल मंसीर २७ गते सोमवार ।