East Nepal 2काठमाडौ। नेपालको पूर्वी जिल्लाहरुमा अविरल बर्षा भएकोले त्यहाँको जनजीवन अत्यन्त कष्टकर बनेको छ। लगातार पानी परिरहेकोले पूर्वी नेपालका प्राय साना तथा ठूला सवैजसो नदीमा पानीको मात्रा निक्कै बढेको छ।जसका कारण पहाडी भेगमा पहिरो जाने तथा समथल क्षेत्र डुबानमा पर्ने गरेको छ।

East Nepal 4

ती क्षेत्रमा अझै तीन दिनसम्म लगातार वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मोरङमा ३ सयभन्दा बढी, सप्तरीमा १ सय ५० भन्दा बढी, झापाको बिर्तामोड र भद्रपुरका १ सय भन्दा बढी घर डुबानमा परेको प्रहरीले जनाएको छ। कन्काई नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा त्रास बढेको छ। झापाको विभिन्न ठाउँका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ।

East Nepal 1

कन्काईमा पानीले सतहले खतरा पार गरे झापाको सतासीधाम, सुरुंगा, शिवगन्ज, सर्नामाडी, पाँचगाछी, कुमरखोड, कोरोवाडी, र महाभारामा बाढी आउनसक्ने जनाइएको छ। बक्राहा खोला गाउँमा पसेपछि मोरङको मदुमल्ला, केरौन र हसनदह डुबानमा परेको छ । यसैगरी विराटनगरको वडा नम्बर ६ बखरी टोल पनि डुबानमा परेको छ। सप्तकोशीमा पानीको सतह २ लाख हजार ४ सय ५० क्यूसेक पुगेपछि ३० वटा ढोका खोलिएको छ ।

East Nepal 3भारतले ढिलो बाँध खोल्दा बाढीले आसपासका गाउँ विकास समितिमा कटान थालेको छ। पानीको बहाव बढेपछि उदयपुर, सुनसरी र सप्तरीका डेढ दर्जन गाविसका बासिन्दा बाढीको उच्च जोखिममा परेका छन्। बाढीले पूर्वी तटबन्धमा कटान थालेकाले कोशी प्रभावित क्षेत्रका बासिन्दा त्रसित भएका छन्।
प्रकाशन मिति–२०७३ साल साउन ९ गते आइतवार ।