dr-baburam-bhattarai

काठमाडौ। नेपालका पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईमाथि जुत्ता प्रहार भएको छ।

पोखराका भिजन संसार समाचारदाताका अनुसार डा.भट्टराईलाई पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियनले नवआगन्तुक विद्यार्थीको स्वागत कार्यक्रममा विहीवार जुत्ता प्रहार भएको हो।

प्रमुख अतिथिको रुपमा कार्यक्रममा देखा परेका डा.भट्टराई त्यहाँ पुग्नासाथ डा. भट्टराईलाई कालो झण्डा देखाउंदै कैलाली नारायणपुरका २९ बर्षिय सञ्जीव भट्टराईले जुत्ता प्रहा गरेका हुन्।

जुत्ता प्रहार गर्ने सञ्जीव भट्टराईलाई पोखरा प्रहरीले नियन्त्रणमा लिएको छ। जुत्ता प्रहार भएको घटनालाई डा.भट्टराईले सामान्य भनेका छन्।

लोकतन्त्रमा शान्तिपूर्ण विरोध गर्ने सवैको अधिकार भएको हुंदा यसलाई ठूलो इस्सु बनाउन आवश्यक नभएको पनि डा.भट्टराईले भनेका छन्। डा.भट्टराईलाई किन र के कारणले जुत्ता प्रहार गरिएको हो भन्ने कुरा स्पष्ट हुन सकेको छैन्।
प्रकाशन मिति–२०७३ साल मंसीर २३ गते विहीवार ।