jaylalita-1काठमाडौ। भारतको चर्चित राजनीतिज्ञ तथा अभिनेत्री जयललिताको सोमवार राति निधन भएको छ। भारतको तमिलनाडु राज्यकी मुख्यमन्त्री समेत रहेकी जयललिताले सन् १९८० को शुरुवातवाटै भारतीय राजनीतिमा प्रवेश गरेकी थिइन्।

त्यसअघि भारतीय चलचित्रमा जयललिताको व्यापक बोलवाला थियो। चलचित्रमा राम्रो पकड हुंदाहुंदै जयललिताले राजनीतिमा प्रवेश गरेर मुख्यमन्त्रीसम्म बनेर सारा भारतीय जनताको मन जित्न सफलता पाएकी थिइन्।

जयललिताले करिब डेढसय दक्षिण भारतका चलचित्रमा नायिका बनेर अभिनय गरेको भारतीय समाचारपत्रहरुले जनाएको छ।
प्रकाशन मिति–२०७३ साल मंसीर २१ गते मंगलवार ।