काठमाडौं। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा प्रा. डा.दिव्यासिंह शाह नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक समेत रहेकी प्रा.डा.दिव्या सि‌ंह शाह त्रिविको चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा नियुक्त भएकी हुन।

त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले सर्च कमिटीबाट सिफारिस भएका ३ जनामध्येवाट प्रा.डा.शाहलाई डिनमा नियुक्ति गरेको हो। प्रा.डा.प्रेमराज ज्ञवाली नेतृत्वको उक्त कमिटीले प्रा.डा. प्रदीप वैद्य, प्रा.डा.शाह र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो।

प्रा.डा.शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख हुन्। जेठ २२ मा प्रा.डा.जगदीश अग्रवालले उमेर हदका कारण डिनबाट अवकाश पाएपछि उक्त पद रिक्त रहेको थियो।
प्रकाशन मिति–२०७७ साल असार ४ गते विहीवार ।