Pushpa Kamal Dahalकाठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग असोज ३१ गते भेटवार्ता गर्ने तय भएको छ । प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित आफ्नै कार्यालयमा पूर्व राजदूत, पूर्व परराष्ट्रमन्त्री र कुटनीतिक मामिलाका जानकारहरुसँग सुझाव लिने क्रममा दाहालले बुधवार भ्रमण तालिकाबारे जानकारी दिएका थिए।

प्रधानमन्त्री दाहाल भारतीय समकक्षी मोदीको निम्तामा भदौ ३० गते भारत जाने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल भ्रमणमा गएको भोलिपल्ट आफू औपचारिक भेटघाटमा व्यस्त हुने र अर्को दिन हिमाञ्चल प्रदेशको पहाडी क्षेत्रमा निर्मित जलविद्युत आयोजनाको अवलोकनमा जाने तालिका रहेको पनि भनेका छन्।

भ्रमण तालिका जानकारी गराउने क्रममा दाहालले आफ्नो भ्रमणबारे कुनै किसिमको आशंका नगर्न आग्रह समेत गरे। उनले नेपालका जुनसुकै प्रधानमन्त्री अन्य देशमा जाँदाभन्दा भारत जाँदा आशा र आशंका बढी गर्ने गरिएको भन्दै आशा र आशंका गर्ने प्रवृत्ति त्याग्न आग्रह गर्न दाहाल चुकेनन् ।
प्रकाशन मिति–२०७३ साल भदौ २३ गते विहीवार ।