काठमाडौ। सरकारले वैवाहिक जोडी सरकारी कर्मचारीलाई एउटै क्षेत्रमा काम गर्ने वातावरण मिलाउने भएको छ । यस्तै दृष्टिविहीन, अपांगता भएका कर्मचारीलाई पनि उनीहरुकै रोजाईको क्षेत्रमा काम गर्न पाउने व्यवस्था गरिने सरकारको तयारी छ ।

sarkari-karmachariरिपोर्टर्स क्लबले काठमाडौंमा गरेको कार्यक्रममा सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले तल्लो तहका विवाहित जोडी कर्मचारीलाई एउटै क्षेत्रमा काम गर्ने व्यवस्था मिलाइने बताएका छन्। आफू कर्मचारी सरूवा तथा बढुवाको कुनै लोभ लालचमा नफस्ने बताउँदै मन्त्री बुढाथोकीले राम्रो काम गर्नेलाई खुल्ला दिलले पुरस्कृत गर्ने र गल्ती गर्नेलाई कारबाही गरिने चेतावनी पनि दिए।

sarkari-karmachari-1अहिले २८ सय कर्मचारीको सरूवा तथा बढुवाको कुरा उठिरहेको बेला लोकसेवा आयोगले स्विकृति दियो भने आफूले गम्भिर भएर निर्णय लिने समेत मन्त्री बुढाथोकीले भनेका छन्। हाल नेपालमा ८५ हजार निजामती कर्मचारी रहेका छन्।
प्रकाशन मिति–२०७३ साल भदौ २३ गते विहीवार ।