काठमाडौ। भूतपूर्व प्रधानमन्त्री एवं नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाली सेनाका महासेनानी कुमार लामालाई थुनामुक्त गरेर बेलायतले गल्ती सच्चाएको बताएका छन्। पक्राउ गरेर बेलायतले गम्भीर गल्ती गरेको र अहिले थुनामुक्त गरेर सच्याएको भट्टराईको बुझाई छ।

kumar-lama-with-baburam-bhattaraiभट्टराईले आगामी दिनमा नेपाली सम्प्रभूता मिच्ने अपराध कसैले नगरोस् भनेका छन्। यसैबीच कर्णेल कुमार लामाले डा. बाबुराम भट्टराईलाई टेलिफोन गरेर भट्टराई नेतृत्वको सरकारले गरेको पहलप्रति धन्यवाद दिएको नयाँ शक्ति पार्टीले जनाएको छ।

लामालाई छुटाउनका लागि लाग्ने धरौटी र वकिल खर्च भट्टराई सरकारले उपलब्ध गराएको थियो । माओवादी युद्धको बेला मानवअधिकार उल्लंघन गरेको आरोपमा तीन वर्ष अघि पक्राउ गरिएका लामा मंगलवार थुनामुक्त भएका छन्।
प्रकाशन मिति–२०७३ साल भदौ २३ गते विहीवार ।