Prachanda 1

काठमाडौ। नेपालका प्रधानमन्त्रीका लागि बुधवार नेपालको व्यवस्थापिका संसदमा हुने निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एक्लैको मात्र उम्मेदवारी परेको छ। मंगलबार बिहान ११ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएकोमा दाहालले साढे ११ नबज्दै आफ्नो उम्मेदवारी दर्ता गराएका थिए।

Sher Bahadur Dewba with Prachandaप्रस्तावक कांग्रेस सभापति शेरबहादुर देउवासहित संसद् भवन नयाँ बानेश्वर पुगेर दाहालले उम्मेदवारी दर्ता गराएका हुन्। संसद् नियमावलीअनुसार प्रधानमन्त्री पदका लागि एक मात्रै उम्मेदवारी परे पनि अन्य पदमा जस्तो निर्विरोध घोषणा हुँदैन। एक मात्रै उम्मेदवारीको अवस्थामा प्रस्तावको पक्ष/विपक्षमा मत विभाजन (सांसदको वर्णानुक्रमअनुसारको नामावलीमा हस्ताक्षर गर्ने) प्रक्रिया अपनाइन्छ।

Prachanda 2 nd andolanयस्तो प्रक्रियामा संसदमा तत्काल बहाल रहेको कुल सदस्य संख्याको बहुमतको समर्थन प्राप्त भएपछि मात्रै प्रधानमन्त्री निर्वाचित भएको घोषणा हुन्छ। संसदको दोस्रो ठूलो दल एमाले र केही साना दलले विपक्षमा मतदान गर्ने निर्णय गरे पनि दाहालको पक्षमा सहज बहुमत देखिएको छ। निश्चित रुपमा बुधवार नेपालले नयाँ प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई पाउने भएको छ।

प्रकाशन मिति–२०७३ साल साउन १८ गते मंगलवार ।