काठमाडौ। नयाँ प्रधानमन्त्री निर्वाचनमा पुष्पकमल दाहालको पक्षमा संघीय गठवन्धनका संयोजक उपेन्द्र यादवले मंगवार विहानसम्म मतदान गर्ने तय भएतापनि सांझ पुग्दा नगर्ने निर्णय गरेका छन्। संघीयका यादवले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संझौतामा धोका दिएकोले बुधवार हुने भनिएको प्रधानमन्त्री चुनावमा दाहाललाई मत नदिने निर्णय भएको बताएका छन्।

Upendra Yadavविना संझौता दाहालको पक्षमा मतदान गर्नुको कुनै औचित्य नभएको भन्दै संझौताको अन्तिम तयारी हुंदैगर्दा एमालेले उम्मेदवारी नदिने भएपछि कांग्रेस र माओवादी सहमतिवाट पछि हटेको आरोप पनि यादवले लगाएका छन्।

प्रकाशन मिति–२०७३ साल साउन १८ गते मंगलवार ।