मुम्बई। बलिउडकी हट अभिनेत्री प्रियंका चोपडाको यतिखेर अमेरिकी गायक निक जोनाससँग डेट भैरहेको छ। अर्थात दुवैवीच हाउसफुलकासाथ प्रेम–रोमान्स भैरहेको छ। दुवैवीच विवाह हुने या होइन ? त्यो कुनै टुंगो लागेको छैन्। तर, प्रियंकालाई भने आमा बन्ने हतार भैसकेको छ।

आमा बन्न आतुर प्रियंका यतिखेर बास्तविक जीवनमा आमा बन्न अबेर हुने भएकोले फिल्ममा भएपनि आमा बनेर प्यास मेटाउने तर्खरमा रहेकी छन्। आयशा चौधरीको जीवन कथामा निर्माण हुन गैरहेको बायोपिक नयाँ फिल्म ‘दि स्काइ इज पिंक’मा प्रियंकाले आयशाको आमा अदितीको भूमिका निभाउन लागेकी छन्।

समाचारअनुसार प्रियंकाको फिल्मी करियरमा उनको यो भूमिका अहिलेसम्मकै सबैभन्दा चुनौतीपूर्ण हुनेछ। चुनौतिपूर्ण भूमिकामा चुनौतिपूर्वक आमा बन्ने तयारीमा रहेकी प्रियंका यतिखेर मक्ख पनि परेकी छन्। आमा बन्नु चानचुने कुरा नभएको भनेर प्रियंकाले प्रतिक्रिया पनि दिएकी छन्।


प्रकाशन मिति–२०७५ साल साउन ४ गते शुक्रबार।