काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैंको आज तेस्रोे दिन । आज देवी नवदुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिने कार्य भएको छ। घटस्थापनावाट बडा दशैंको नवरथा शुरु भएपछि माता नवदुर्गाका नौरुपलाई पूजाआजा गर्ने क्रममा आज बडा दशैंको तेश्रो दिन माता चन्द्रघण्टाको पूजाआजा भएको हो।

कोरोनाको महामारीका कारण प्राय सवै शक्तिपीठहरु खुल्ला नभएको कारण विहानै देखि शक्तिपीठहरुमा पोहोर–परार जस्तो खासै भीड भने देखिएको छैन्।
देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ।

चन्द्रमा कलाको प्रतीक हो। चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा उल्लेख छ। चन्द्रघण्टा देवीको कलाप्रभावले गर्दा जगत् सुन्दर सुरम्य र शान्त बन्ने हुँदा मत्र्यलोक लोभलाग्दो र सम्पूर्ण प्राणीका लागि जीवनयापन गर्न स्रोतसाधन सम्पन्न भएको बैदिक मान्यता रहेको छ।

प्रकाशन मिति–२०७७ साल कात्तिक ३ गते सोमवार ।