Mexico Music Concert

काठमाडौ। एक जना बन्दुकधारीले आक्रमण गर्दा मेक्सिकोको भइरहेको संगीत समारोहमा पाँच जना मारिएका छन्।

मेक्सिकोको किटाना राज्यको प्लाया देलमा संगीत समारोह भइरहँदा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ।

आक्रमणमा मारिनेमा दुई क्यानेडियन, एक इटली र एक जना कोलोम्बियन नागरिक परेका छन् भने एक महिलाको भागदौडमा क्रममा मृत्यु भएको हो।

बन्दुकधारी भने फरार भएका छन्। घटनामा १५ जना घाइते भएका छन्। घटनाको जिम्मेवारी कसैले लिएको छैन। (एजेन्सी)
प्रकाशन मिति–२०७३ साल माघ ४ गते मंगलवार ।