Surya Thulung Nite 1काठमाडौ। कालजयी अजर–अमर गीतका स्रष्टा बरिष्ठ गायक सूर्य थुलुङ्गको चार दशक लामो गायन यात्राको पहिलो एकल गायन काठमाडौमा संपन्न भएको छ। बैशाख ३ गते शुक्रबार अपरान्ह ३ बजे काठमाडौको राष्ट्रिय नाचघरमा गायक थुलुङ्गको स्वर्णिम गायन यात्रा भएको हो।

Surya Thulung Nite 2राष्ट्रिय जनसंगीत मन्चको आयोजनामा भएको उक्त कार्यक्रम ऐतिहासिक नै भएको आयोजक मन्चका अध्यक्ष माधव प्रधानले भनेका छन्। गायन कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपस्थितिले रौनकता बढाएको थियो। पूर्वप्रधानमन्त्री खनालले अजर अमर स्रष्टा सूर्य थुलुङ्गका कालजयी गीतहरु आफू इलामको जेलमा हुंदा नै सुनेको बताएका थिए।

Surya Thulung Nite 3

त्यसक्रममा इलाममा नै गायक थुलुङ्गसंग भेट भएको त्यो पुरानो याद पनि खनालले गरे। आफूलाई गीत–संगीत अत्यन्त मन पर्ने गरेको र कुनैबेला जेएन खनालको नामवाट गीत लेखेको संस्मरण पनि खनालले सोही कार्यक्रममा गरेका छन्। तीसको दशकदेखि नेपाली गीत–संगीतमा कालजयी गीत गाएर चर्चाको शिखरमा पुग्दैआएका गायक थुलुङ्गले एकल स्वर्णिम गायन यात्रा कार्यक्रममा आफ्ना अजर–अमर गीतहरु यो नेपाली ठिटो, बादलुको दरबार, माछी मारन, साह्रै पार्यो आज मलाई लगायत एक दर्जन गीत गाएर राष्ट्रिय नाचघरको स्टेज जमाएर सवैलाई मन्त्रमुग्ध बनाएका थिए।

जसमा गायक थुलुङ्गको गायनमा दुई गायिका सानु पहाडी र श्रेयसी चेम्जुङ्गले साथ दिएका थिए। लामो समय पश्चात पहिलो पल्ट काठमाडौमा त्यसरी कार्यक्रम गर्न पाउंदा आफूलाई अत्यन्त खुशी लागेको र आफ्नो गायन यात्राको कोशेढुंगाको रुपमा यसलाई लिएको पनि गायक थुलुङ्गले प्रतिक्रिया व्यक्त गरेका छन्।
प्रकाशन मिति–२०७३ साल बैशाख ४ गते शनिवार ।