–अनुप प्रधान
ललितपुर । बलिउडका ख्यातिप्राप्त नेपाली अभिनेत्री मनिषा कोइरालाले गाएको महामृत्युञ्जय मन्त्र सार्वजनिक भएको छ। शताव्दी पुरुष डा.सत्यमोहन जोशीवाट अभिनेत्री कोइरालाको आयोजित कार्यक्रममा सार्वजनिक भएको हो।

महाशिवरात्रीको अवसर पारेर ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजित कार्यक्रममा अभिनेत्री कोइरालाको महामृत्युञ्जय मन्त्रको स्वीच अन गरेर शताव्दाी पुरुष डा.जोशीवाट सार्वजनिक गर्ने कार्य भएको थियो। महामृत्युञ्जयमा अभिनेत्री मनिषा कोइरालासंगै सुरसुधाका सुरेन्द्र श्रेष्ठ र सरस्वती खत्रीको गायन रहेको छ ।

परम्परागत शब्दमा तयार गरिएको महामृत्युञ्जयमा संस्कृत शब्द छन् । मन्त्रलाई सुरेन्द्र श्रेष्ठले कम्पोज गरेका हुन् । राजीव श्रेष्ठको सितार, प्रेम रानाको बाँसुरी र विकास सिंहको गितारले महामृत्युञ्जय मन्त्रमा संगीत भरिएको छ। टाइम्स म्युजिक स्प्रीचुअल युट्युब च्यानलबाट सार्वजनिक मन्त्रको भिडियो निर्देशन र सम्पादन अनुप सापकोटाले गरेका हुन् ।

यस्तै उज्ज्वल जोशी र जावेद खानले यो मन्त्र छायांकन गरेका हुन् । दीप तुलाधरले रेकर्ड गरेको यस मन्त्रको भिडियो श्रीपशुपतिनाथ र पाटन दरबार क्षेत्रमा खिचिएको हो। क्यान्सरलाई पराजित गरेपछि मनिषा कोइराला पुस्तक लेखन, सामाजिक कार्य तथा संगीत कर्ममा व्यस्त बन्दैआएकी छन्।

प्रकाशन मिति–२०७७ साल फागुन २७ गते विहीवार ।