काठमाडौं। बलिउडकी चर्चित मोडल तथा अभिनेत्री राखी सावन्तले बक्षस्थल दान दिने भएकी छन्। कसैलाई राखीको आकर्षक बक्षस्थल अर्थात स्तन चाहिएमा दान दिने एक भिडियो मार्फत सार्वजनिक गरेकी छन्।

रक्तदान, आँखादान, कलेजो दान जस्तै बक्षस्थल दान दिने भिडियो मार्फत सशक्त अभिव्यक्ति दिएर यतिखेर राखी सावन्त फेरि चर्चामा आएकी छन्।

राखीले भिडियो सन्देशमा भनेकी छन्–‘यो संसारमा कति धेरै असल मानिसहरु छन् । जो अरुका लागि आफ्नो आँखा, मुटु, मृगौला दान गर्छन् । म पनि आफ्नो यस्तै एउटा अंग दान गर्न चाहन्छु । मेरो साथमा अरु त त्यस्तो केही पनि छैन, मेरो आकर्षक बक्षस्थल छ। म आफ्नो बक्षस्थल दान गर्न चाहन्छु ।

राखीले अगाडि भनेकी छन्–‘मलाई थाहा छैन, बक्षस्थल कसलाई चाहिएको छ। मेरो यो आकर्षक स्तन कसको लागि जाने हो मलाई थाहा छैन्।’
प्रकाशन मिति–२०७५ साल असोज ८ गते सोमवार ।

https://www.youtube.com/watch?v=uirUqillXnQ