काठमाडौ। बलिउडमा सधै महंगो र चर्चामा आउने फिल्म बनाउने निर्देशकको रुपमा ख्याति कमाएका सञ्जयलिला भन्सालीको ‘पद्मावत’को सफलतासँगै चर्चामा रहेकी बलिउड अभिनेत्री दीपिका पादुकोण अब लेडी डन बन्ने भएकी छन्।


‘पद्मावत’मा रानी पद्मावतीको भुमिका निर्वाह गरेर चर्चाको पात्र बनेकी दीपिका विशाल भारद्वाजको फिल्म ‘रानी’मा लेडी डन बन्न लागेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ।

माफिया क्वीन रहीमा खान उर्फ सपना दिदीको जीवनमा आधारित फिल्ममा दीपिकासँगै इरफान खान पनि देखिनेछ। दीपिका सपना दिदीको भुमिकामा देखिनेछिन भने इरफानले सपना दिदीको पतिको रुपमा ग्याङ्गस्टारकै भुमिका निर्वाह गर्नेछन्।

सपना दिदीको अभिनय गर्न दिपीकाले माफिया र गुण्डाको भाषा सिकिरहेकी छन्। सपना दिदी १९८० को दशकमा मुम्बईकी माफिया डन थिइन्। नेपालमा समेत यो फिल्मको शुटिङ हुने भनिएको छ।

प्रकाशन मिति–२०७४ साल फागुन ५ गते शनिवार ।