काठमाडौं। बलिउड अभिनेत्री आलिया भट्ट वर्ष सन् २०१९ को सबैभन्दा सुन्दर एशियाली महिलाका रुपमा चुनिएकी छन्। बेलायती साप्ताहिक इस्टर्न आईले गरेको सर्वेक्षणको तथ्यांकले बलिउड अभिनेत्री आलिया भट्टलाई एसियाकै सुन्दर महिलाको रुपमा घोषणा गरेको हो।

यो सर्वेक्षणसँगै सन् २०१९ मा २६ वर्षीया आलियाका लागि सुखद वर्ष भएको टिप्पणी गरिएको छ। यसै वर्ष आलिया भट्टले अभिनय गरेको बलिउड फिल्म ‘गल्ली ब्वाइ’ २०२० को अस्करका लागि पठाइएको छ। यही सर्वेक्षणको अघिल्लो वर्षको सबैभन्दा सुन्दर एसियाली महिलाको अभिनेत्री दीपिका पादुकोण भएकी थिइन्।

यसपाली भने दीपिका पादुकोण दशककै सुन्दर एसियाली महिला हुन सफल भएकी छन्। सूचीका हिसाबले उनी दोस्रो नम्बरमा रहेकी छन्।
प्रकाशन मिति–२०७६ साल मंसिर २८ गते शनिवार ।