हेटौडा। नेपालको ३ नंबर प्रदेश अर्थात बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनाभाइरस (कोभिड–१९) को महामारीका कारण चैत ११ गतेवाट बन्द भएका बागमती प्रदेशभित्रका विद्यालयहरु सञ्चालनका लागि केन्द्र सरकारसँग समन्वय भइरहेको पनि बताए।

त्यसैगरेर, मुख्यमन्त्री पौडेलले बाढीपहिरो पीडितका घर बनाइदिने घोषणा गरेका छन्। प्रदेशसभा मंगलबारको बैठकमा सांसद्हरुले विशेष समयमा उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री पौडेलले प्रदेशरभर बाढीपहिरोका कारण घरबारविहीन भएकाहरुलाई घर बनाइदिने घोषणा गरेका हुन्।

प्रदेश विपद् व्यवस्थापन कोषबाट स्थानीय तहको सिफारिसमा तोकिएको स्थानमा घर बनाइनेछ ।’, मुख्यमन्त्री पौडेलले बाढीपहिरोका कारण मृत्यु भएका परिवारलाई प्रतिमृतक १ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराइने र घाइतेको उपचार व्यवस्था प्रदेशले गर्ने बताएका छन्।

मुख्यमन्त्री पौडेलले कतिपय स्थानीय तहलाई राहत वितरणका लागि प्रदेशले आवश्यक बजेट उपलब्ध गराइसकेको र घरबारविहीनहरुको तथ्यांक स्थानीय तहले संकलन गरिरहेको प्रदेशसभामा जानकारी गराए। बिरामीको उपचार, राहत वितरण तथा घर निर्माणका लागि स्थानीय तहसँगको समन्वयमा गरिने मुख्यमन्त्री पौडेलको भनाइ छ।
प्रकाशन मिति–२०७७ साल साउन ६ गते मंगलवार ।