काठमाडौं। आइएमई(ग्लोबल(आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन्। श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाँउमा खिचेको बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा बगाउदै गरेको फोटो यो वर्षको आइएमई(ग्लोबल(आइएमई फोटो अफ द इयर घोषित भएको छ।

 

यो उपाधिसँगै उनले १ लाख रुपैयाँ पुरस्कार पाएका छन् । यसैगरी दीपेन्द्र रोक्काको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल र आइएमएस डेली लाइफ’ विधामा सुनिता डंगोलले बाजी मारे। त्यस्तै अंगद ढकालले अर्घाखाची सिमेन्ट न्युज विधाको उपाधि जिते भने नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफमा श्रीराम खत्रीले तथा #experienceNepal कल्चर एण्ड टुरिजममा किरण श्रेष्ठले जिते।

डिसहोम एक्सन स्पोर्टस विधाको उपाधि प्रतिक रायमाझीले जिते भने नेप्टोस फोटो स्टोरीमा मनिष पौडेलको फोटो प्रथम भयो।
प्रकाशन मिति–२०७५ साल असार २२ गते शुक्रबार ।