काठमाडौ। ललितपुरको गोदावरी नगरपालिका तथा महालक्ष्मी नगरपालिकाको इलाकाभित्र पर्ने प्राकृतिक मनोरमस्थल दाडेगौडा देउराली भञ्ज्याङमा भीमेश्वर महादेव बैभवधाम मन्दिर स्थापना हुने भएको छ। मन्दिर निर्माणको लागि शिलान्यास समेत भैसकेको छ।

श्री भीमेश्वर महादेव बैभवधाम निर्माण समितिकी संरक्षक रविना श्रेष्ठको सोच तथा सपना अनुरुप त्यस स्थानमा मन्दिर स्थापना हुन लागेको हो। भगवान महादेवको अनन्य भक्त रविना श्रेष्ठलाई सपनामा श्री भीमेश्वर महादेव बैभवधाम स्थापना गर्न महादेवले आज्ञा भएपछि बैभवधाम निर्माणले गत्ति लिएको हो।

प्रारम्भमा बैभवधाम काठमाडौको रामकोट भीमढुंगा क्षेत्रमा निर्माण गर्ने सोच अनुरुप स्थान चयन भएतापनि रविना श्रेष्ठलाई त्यो स्थान उपयुक्त नभएको सपनामा महादेवले नै भनेपछि दाडेगौडा देउराली भञ्ज्याङ रोजिएको हो।

दुई बर्षभित्र निर्माण संपन्न गर्ने सोचअनुरुप कार्य भैरहेको तथा २१ दिन डोजर वाट त्यहाँको जमिनलाई सम्याउने कार्य भैसकेको छ।

 

असार तथा साउन महिना बर्षादको मौसम भएकोले हाल त्यहाँ काम बन्द गरिएको छ। भदौ महिनावाट निरन्तर कार्य प्रारम्भ हुने संरक्षक श्रेष्ठले भिजन संसारलाई बताएकी छन्।

श्री भीमेश्वर महादेव बैभवधाम निर्माण समितिका अध्यक्ष पुष्कर गिरी तथा महासचिव कर्ण तामाङको सक्रियतामा कार्य भैरहेको तथा विभिन्न महानुभावहरुवाट सहयोग प्राप्त भैरहेको जानकारी पनि संरक्षक श्रेष्ठले भनेकी छन्।

भगवान श्री महादेवप्रतिको भक्तिभाव–समर्पण अनि विश्वासले पवित्रधाम निर्माण गर्न आफूलाई सवैको साथ र सहयोग भएको जानकारी पनि श्रेष्ठले दिएकी छन्।

प्रकाशन मिति–२०७५ साल असार २१ गते विहीवार ।