ललितपुर। पंचायतकालमा बामपन्थीको मसिहा नै मानिएका अत्यन्त चर्चित नेता तथा मानवअधिकारकर्मी पदमरत्न तुलाधरको भव्य सम्मान भएको छ। ज्यापु समाज यलको रजत महोत्सवको अवसरमा ज्यापु समाज यलले भव्य सम्मान गरेको हो।

ज्यापु प्रज्ञाप्रतिष्ठान भोल टोलमा आयोजित कार्यक्रममा नेवार परम्परा अनुसार सगुन दिएर नेता तुलाधरको भव्य सम्मान गरिएको जानकारी ज्यापु समाज यलकी सह–सचिव सरिता महर्जनले भिजन संसार डटकमलाई दिएकी छन्।

सह–सचिव महर्जनका अनुसार, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्यतामा भव्य सम्मान भएको हो। ७७ बर्ष ७ महिना ७ दिन उमेर पुगिसकेका नेता तुलाधरको नेपाली राजनीति तथा नेपालभाषा आन्दोलनमा गरिएको योगदानको उच्च कदर गरेर सम्मान गरिएको हो।

सम्मान कार्यक्रमवाट आफू अत्यन्त हौसिएको र अझ अगाडि बढ्ने उत्प्रेरणा मिलेको बामपन्थी मसिहा तुलाधरले भनेका छन्।

Photo By-Laxmi Kumari Shrestha
प्र्रकाशन मिति–२०७५ साल भदौ ३० गते शनिवार ।