काठमाडौं। विसं.२०७२ साल बैशाख १२ गते आएको महाभूकम्पको कारण ध्वंस्त बनेको काठमाडौंको शान तथा गौरब धरहराको पूर्नरनिर्माणले तिब्रता पाएको छ। विहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पूर्नरनिर्माणको पूजाआजा गरेर शुभारम्भ गरेपछि पूर्नरनिर्माणले तिब्रता पाएको हो। नौतल्ले धरहरा अव धरहरा वाहिरवाट हेर्दा ११ तल्ला र भित्र–भित्रै २२ तल्लाको हुने भएको छ।

दुई बर्षभित्र निर्माण संपन्न हुने गरेर धरहराको पूर्नरनिर्माण शुभारम्भ भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले. भूमिपूजन, पुननिर्माण शिलान्यास र ताम्रपत्र अनावरण पछिको कार्यक्रममा प्रधानमन्त्री ओलीले ऐतिहासिक महत्व कायम रहने गरी हेर्दा उस्तै तर बलियो धरहरा निर्माण हुने दावी गरेका छन्।

धरहरा पूर्नरनिर्माण कार्यमा काठमाडौं महानगरपालिकाले खेल्नुपर्ने भूमिकामा कुनै कमी हुन नदिने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको जिकिर रहेको छ। मेयर शाक्यले धरहरा पूर्नरनिर्माणका क्रममा सडकमा धुलो पोख्दै ठेकेदार कंपनीले सवारी गुडाउने कार्यमा नियन्त्रण गर्नपर्ने राय पोख्दै त्यसो नगरिकन महानगर सफाई अभियानमा सहयोग गरिदिन पनि अपिल गरेका छन्।

धरहरा पूर्नरनिर्माण कार्यले स्थानीय भावना, कला संस्कार र संस्कृतिमा चोट पुग्नु नहुने राय पनि मेयर शाक्यले दिएका छन्।

धरहराको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अगुवाईमा भएको छ।३ अर्ब ४८ करोड १६ लाख ९१ हजार २ सय ४० रुपैयाँ लागत भएको धरहरा पूर्नरनिर्माणको ठेक्का जिआइइटीसि रमन जेभी कम्पनीले पाएको छ। ७९ दशमलव २ मिटर (२५७.४ फिट) अग्लो धरहरा हुने भएको छ। बाहिरबाट ११ तलामा धरहराको भित्र भित्र २२ तला हुनेछन्।

तीमध्ये २० औं तलासम्म पुग्ने दुईतर्फी लिफ्ट हुनेछन् । एक पटकमा १० व्यक्ति अट्ने लिफ्टको क्षमता हुनेछ । लिफ्टमा चढेर २० औं तलामा पुगेपछि त्यहीबाट काठमाडौं अवलोकन गर्ने कक्षको व्यवस्था हुनेछ । त्यो कक्षमा एक पटकमा ५४ जना अट्नेछन्। त्यसको भुइँ तलामा धरहरासम्बन्धि संग्रहालय हुनेछ।

भूकम्पका क्रममा भत्किएको धरहराको ठूटोलाई शिशाले घेरेर राखिनेछ । धरहराको बेसमेन्टमा ३४७ वटा कार र ७०० वटा मोटरसाइकल अट्ने पार्किङ् हुनेछ। त्यस्तै परिसरमा बगैंचा र पानीको फोहोरा सञ्चालन हुनेछ। पानीको फोहोरा ५० फिट अग्लो हुनेछ।


प्रकाशन मिति–२०७५ साल पुष १२ गते विहीवार ।