काठमाडौ। नेपालमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक)को चौथो शिखर सम्मेलनको भव्य उदघाटनशत्र सम्पन्न भएको छ।

काठमाडौको ताहाचाल स्थित होटल सोल्टी क्राउन प्लाजामा दुई दिनसम्म चल्ने उक्त सम्मेलनको उदघाटन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।

उदघाटनशत्रमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्मारका राष्ट्रपति विन मिन्त, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले बिमस्टेकले दिनुपर्ने प्राथमिकताका क्षेत्र, आफ्ना देशका गतिविधिबारे अवगत गराएका थिए।

चौथो शिखर सम्मेलनको अन्तिम शत्रमा सदस्य राष्ट्रहरुबीच सम्पर्कसञ्जाल विस्तार गर्नेमा छलफल हुनेछ। भोलि सदस्य राष्ट्रहरु बीच प्रसारणलाईन स्थापना गर्ने(पावर ग्रीड कनेक्सन) संम्बन्धी संझौता गर्ने अपेक्षा गरिएको छ।
प्रकाशन मिति–२०७५ साल भदौ १४ गते विहीवार।