Dhurba Dutta 1काठमाडौ। लामो समय देखि प्रवास हंगकंग हुंदै हाल बेलायतमा बसोबास गर्दैआएका अभिनेता ध्र्रुव दत्तको पछिल्लो चलचित्र तीन घुम्ती यही असार १७ गतेवाट अलनेपाल रिलिज हुने क्रममा रहेको छ।

नेपालका प्राय मल्टीकम्पलेक्स हलहरुमा तीन घुम्तीको ट्रेलर देखाइन थालेको छ। नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको अमर कृति तीन–घुम्तीमा आधारित चलचित्र तीन–घु्म्तीमा लगभग बीपी कोइराला नै बनेका अभिनेता दत्तको अभिनय कलाको निक्कै तारिफ गरिन थालेको छ।

बेलायत तथा नेपालमा एकसाथ एकैदिन प्रिमियर गरिएको चलचित्र तीन–घुम्ती हेरेर धेरै उपल्लो बर्गका दर्शकहरुवाट अत्यन्त प्रशंशा पाएका दत्त चलचित्रको अभिनयको लागि जस्तोसुकै व्यस्ततामा पनि समय मिलाउने गर्छन्। चलचित्रको अभिनयको लागि म जसरी भएपनि समय मिलाउने गर्छु भनेर लण्डनवाट फोनवार्तामा भिजन संसारलाई भनेका छन्।

Dhurba Dutta in Teen Ghumti

नेपालको पश्चिम नेपालको बुटवल निवासी अभिनेता दत्तको पहिलो चलचित्र द प्लान हो। त्यसपछिका चलचित्रहरुमा मेड इन हंगकंग, विष, बिरताको चिनो, मृगतृष्णा, नाइन ओ क्लक, निर्दोष, आवेग हुन्। तीन–घुम्ती दत्तको नवौ चलचित्र हो। तीन–घुम्तीसम्म आइपुग्दा निक्कै खारिएका दत्तमा नेपाली चलचित्र प्रतिको बेग्लै आकर्षण तथा समर्पण रहेको छ।

त्यही आकर्षण र समर्पणले बेलायत देखि नेपाल आएर चलचित्र खेल्ने हुतहुतीले जहिले पनि मनलाई जवान तथा जोशिलो बनाउने गरेको दत्तको बेग्लै अनुभव र अनुभुति रहेको छ। समयले साथ दिएसम्म नेपाली चलचित्र मात्र बलिउड तथा हलिउडका चलचित्रमा पनि खेल्ने सोचमा उनी रहेका छन्।
प्रकाशन मिति–२०७३ साल असार ५ गते आइतवार ।