Suresh-Raj-Album-Release-2काठमाडौ। बेलायत बस्दै आएका नेपाली गायक सुरेशराज पाठकको आउँदैछु म नामक नयाँ एल्बम सार्वजनिक भएको छ। काठमाडौमा आयोजित कार्यक्रममा गायक सीताराम पोखरेल, संगीतकार टीका भण्डारी, नायिका विनीता बराल, बरिष्ठ प्रहरी उपरीक्षक मिलन बस्नेत र म्युजिक भिडियो निर्देशक समन अधिकारीले गायक पाठकको नयाँ एल्वम सार्वजनिक गरेका छन्।

Suresh-Raj-Album-Release-1

कार्यक्रममा एल्बममा समाबेस “तिम्रो नजरमा गिरेको दिन” बोलको गीतकेा भिडियेा पनि प्रिमिएर गरिएको थियो। भिडियोमा विनिता बराल, प्रकाश लम्साल र शेखर लम्सालको अभिनय छ। समन अधिकारीको निर्देशनमा बनेको भिडियोमा शिवराम श्रेष्ठको छायांकन र निशान घिमिरेको सम्पादन छ। विनिताले आफु अमेरिकामा रहँदा एक्सन कट मिस गरिरहेको बताउंदै भिडियोमा राम्रै पारिश्रमिकमा काम गरेको बताईन तर कति पारिश्रमिक भन्ने कुरा चाहिं बताईनन्।

Suresh-Raj-Pathak-CD-Coverउपन्यास ‘जुइनो’की लेखिका विनिता भिडियोमा पनि उपन्यासकै साथ प्रस्तुत भएकी छन्। संगीतकार भण्डारी, गायक पोखरेल, प्रहरी उपरीक्षक बस्नेतले गायक पाठकलाई संगीत क्षेत्रमा स्वागत गर्दै गीत तथा भिडियोको तारिफ गरे। गायक पाठकले आफुले हतार हतारमा एल्बम निकालेको र यो एल्बम श्रोताले रुचाउने आशा व्यक्त गरे। एल्बममा विपिन आचार्यको संगीत र दीपकराज पाठकको शब्द छ। एल्बममा ‘आउँदै छु म आउँदै छु म’, ‘तिम्रो नजरमा गिरेको दिन’, मुटु मेरो रेटी रेटी’, ‘तिमी मेरी घाम, तिमी नै हेा जुन’ गरि ५ गीत समाबेश छन्। एल्बमलाई रेस्क्यु क्रिएसनले बजारमा ल्याएको हो।

प्रकाशन मिति–२०७३ साल साउन २७ गते विहीवार ।